आईपीएलमा केकेआरको लगातार दोस्रो जित

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराति राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै केकेआरले जारी सिजनमा लगातार दोस्रो जित हासिल गरेको हो ।

केकेआरले दिएको १ सय ७५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको राजस्थानले सिनर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  आईपीएल : हैदराबादविरुद्ध चेन्नई २० रनले विजयी

उसका लागि टम कुरानले शानदार अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ३६ बलमा ३ छक्का र २ चौकासहित अविजित ५४ रन बनाए ।

त्यस्तै, जोश बटलरले २१, राहुल तेवटियाले १४ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा केकेआरका शिवम् मावि, कमलेश नगरकोटी, वरुण चक्रवर्तीले २/२, कुलदीप यादव, प्याट कमिन्स र सुनिल नारायाणले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  हैदराबादविरुद्ध ब्याटिङ गर्दै चेन्नई, प्लेइङ-११ मा यी खेलाडीले पाए मौका

टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो ।

उसका लागि शुभमन गिलले ४७, आन्द्रे रसेलले २४, नितीश राणाले २२, सुनिल नारायणले १५, प्याट कमिन्सले १२ र इओन मोर्गले अविजित ३४ रन बनाए ।

बलिङमा राजस्थान टिमका जोफ्रा आर्चरले २, टम कुरान, राहुल तेवटिया, जयदेव उनादकट र अंकित राजपूतले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  आईपीएल : हैदराबादविरुद्ध राजस्थान ५ विकेटले विजयी

जारी सिजनमा केकेआरको यो दोस्रो जित हो । उसले तीन म्याच खेल्दा एकमा मात्र हारको सामना गरेको छ ।

राजस्थानले सुरुवातका दुई म्याचमा लगातार जित हासिल गरेको हो । उसले जारी सिजनमा पहिलो पटक हारको सामना गरेको हो ।

कमेन्ट गर्नुहोस्