मुख्यसचिव बने वैरागी, खतिवडा अमेरिका र रेग्मी युकेका लागि राजदूत सिफारिस

काठमाडौंः शंकरदास वैरागी नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी परराष्ट्र मन्त्रालयका सचिव थिए ।

३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए । मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए ।

याे पनि पढ्नुस  यी हुन मन्त्रिपरिषदका १६ निर्णय (सूचीसहित)

यस्तै, आजकै बैठकले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । पूर्व अर्थमन्त्रीको जिम्मेवारीमा रहेका खतिवडा त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार भएका थिए ।

बैठकले यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीलाई युकेका लागि राजदूत सिफारिस गरेको छ ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय (सूचीसहित)

राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस्