बाँकेमा थप दुई संक्रमितको मृत्यु

बाँकेः शिक्षण अस्पताल कोहलपुरमा कोभिडको उपचारको क्रममा रहेका दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके र सुर्खेतका गरि दुईजनाको मृत्युभएको हो ।

बाँकेको कोहलपुर नगरपालिका–४ का ५२ बर्षिया पुरुषको बिहिवार बिहान मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश श्रेष्ठका अनुसार भदौ १२ गते कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा उपचाररत उनको दुबै फोक्सोमा निमोनिया देखिएको थियो ।

याे पनि पढ्नुस  कारको ठक्करबाट २२ वर्षीया युवतीको मृत्यु

योसँगै कोरोनाबाट बाँकेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । पछिल्लो एकसातायता दैनिकजसो कोरोना सङ्क्रमितबाट मृत्यु हुन थालेको छ । स्वास्थ्य कार्यालयले कडाखालको कोभिड सङ्क्रमण देखिएको जनाएको छ ।

यस्तै, शिक्षण अस्पताल कोहलपुरमा कोरोना पुष्टि भई भदौ ८ गतेदेखि उपचाररत सुर्खेतको भेरी गङ्गा नगरपालिका–५ का ७५ बर्षिया महिलाको पनि शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ ।
उनमा पित्तथैलीको समस्या समेत थियो । बाँकेमा उपचारका लागि आएकामध्ये हालसम्म ८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमणले विदेशमा यो साता १३ नेपालीको मृ्त्यु

बाँकेमा भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा कोभिडका विरामीको उपचार हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्