बाबुराम, वैद्य र विप्लवलाई मुलधारमा फर्किन प्रचण्डको आग्रह

काठमाडौंः नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’लाई मुलधारमा फर्किन आग्रह गरेका छन् ।

बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम, वैद्य र विप्लवलाई मुलधारमा फर्किन आग्रह गरेका हुन् । उनले भने, ‘वैद्य जी, बाबुराम जी र विप्लव जीले मुलधारको नेतृत्व फर्किने सोच्नु देश जनताको हित हुन्छ । उहाँहरूलाई मुलधारमा फर्किन आग्रह गर्छु ।’

याे पनि पढ्नुस  फर्केर हेर्दा २०७६ः आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास

उनले समाजवादी आन्दोलनको तयारीमा रहेको बताउँदै कुनै विवाद भए छलफल गरेर विधि प्रक्रियामा गएर निर्णय गर्न सकिने बताए ।

उनले एकताको तागतका कारण नेकपाले दुई तिहाईको नजिक बहुमत ल्याएको दाबी गरे । उनले भने, ‘सानो त्याग, मेहेनत र दुखले चुनावमा नेकपाको दुई तिहाई आएको हैन । सजिलै, एक्लै बहुमत ल्याइहाल्थे, आइहाल्थ्ये भनेर कसैले नसोचे हुन्छ । त्यो सोचे मनोगत हुन्छ, वस्तुगत हुँदैन ।’

याे पनि पढ्नुस  प्रचण्डलाई आक्रमण प्रयास गर्ने ‘विप्लव’ कार्यकर्ता !

संसारभरि कम्युनिष्ट रक्षात्मक अवस्थामा रहेका बेला नेपालमा यति ठूलो जनसमर्थन प्राप्त भएको भन्दै प्रचण्डले त्यसलाई सुदृढ गर्ने जिम्मेवारी सबैमा रहेको बताए ।

कमेन्ट गर्नुहोस्