१९११ संक्रमित थपिए, मृतक संख्या ५०० नाघ्यो

काठमाडौंः नेपालमा थप १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

याे पनि पढ्नुस  आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित? (विवरणसहित)

बिहीबार उपत्यकामा मात्रै ९४३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन् । योसँग नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।

बिहीबार देशभर सक्रिय संक्रमित संख्या २१ हजार ८३० छ । तीमध्ये ११,०६९ जना घरमै र अरू १०,७६१ जना संस्थागत आइसोलेशनमा छन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसको आशंकामा थप २ जना अस्पताल भर्ना

२५ हजार सक्रिय संक्रमित संख्या पुगे फेरि लकडाउन गरिने मन्त्रालयले यसअघि नै घोषणा गरिसकेको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ५०९ पुगेको छ ।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । गत असोज २ गते एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो ।

याे पनि पढ्नुस  ३७४९ संक्रमित थपिए, १९ जनाको मृत्यु

 

 

कमेन्ट गर्नुहोस्