काठमाडौं उपत्यकामा कोरोनाको फेरि नयाँ रेकर्ड

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोनाले नयाँ रेकर्ड कायम गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा हालसम्मकै बढी ९४३ जना संक्रमित थपिएका छन् । उपत्यकाको कठमाडौंमा ८१७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जना थपिएका हुन् । यसअघि उपत्यकामा असोज १३ गते मंगलबार ९३४ जना संक्रमित थपिएका थिए ।

याे पनि पढ्नुस  भर्ना नलिएर अस्पताल घुमाउँदा घुमाउँदै युवतीको मृत्यु, कोरोना आशंका

नेपालमा बिहीबार थप १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

याे पनि पढ्नुस  थप ७ जनामा देखियो कोरोना

पछिल्लो २४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन् । योसँग नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।

बिहीबार देशभर सक्रिय संक्रमित संख्या २१ हजार ८३० छ । २५ हजार सक्रिय संक्रमित संख्या पुगे फेरि लकडाउन गरिने मन्त्रालयले यसअघि नै घोषणा गरिसकेको छ ।

१९११ संक्रमित थपिए, ९६१ जना मात्रै डिस्चार्ज

कमेन्ट गर्नुहोस्