काश्मिरमा पाकिस्तानको आक्रमण, ३ भारतीय सेनाको मृत्यु

एजेन्सी: जम्मू-कास्मिरको सीमा क्षेत्रमा पाकिस्तानले फायरिङ गर्दा अलग-अलग स्थानमा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

कास्मिरको कुपवान्डा जिल्लास्थित नौगाम सेक्टरमा २ तथा पुन्छ सेक्टरमा एकजनाको मृत्यु भएको हो । त्यस्तै कुवान्डामा चार र पुन्छमा १ जना घाइते भएका छन् ।

याे पनि पढ्नुस  काश्मिरमा १६ को मृत्यु, कैयौँ बेपत्ता

भारतीय सैनिक स्रोतकाअनुसार अहिले भारतले जवाफी कारबाही थालेको छ । पाकिस्तानतर्फ कति जनाको मृत्यु भयो भन्ने विषय खुलेको छैन ।

पछिल्ला ८ महिनामा पाकिस्तानले सीमा क्षेत्रमा ३ हजारभन्दा धेरैपटक युद्धविराम उल्लंघन गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्