कोरोना संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु

काठमाडौंः कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५८ वर्षीय वरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटा रहेका छन् । उनमा दुई साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

सास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको उनको भेन्टिलेटरमा उपचारको क्रममा बिहीबार दिउँसो ३ मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए ।

याे पनि पढ्नुस  ढुंगाले लागेर कांग्रेस वडा सभापतिको मृत्यु

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार उनलाई ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएका थिए । डाक्टर सापकोटालई मधुमेह र उच्च रक्तचाप पनि थियो ।

कमेन्ट गर्नुहोस्