कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना सङ्क्रमण

कर्णालीः कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा

बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । प्रदेश प्रमुखको निजी सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड-१९ को सङ्क्रमण देखिएको जनाएको छ ।

याे पनि पढ्नुस  कर्णालीमा थप १३१ जनामा कोरोना सङ्क्रमण

प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड-१९ को लक्षण देखिएर परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङअनुरुप प्रदेश प्रमुख कलौनीको पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको बताए।

‘उनको अहिले स्वास्थ्य अवस्था सामान्य छ’, प्रमुख स्वकीय सचिव कलौनीले भने, ‘उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा होम आइसोलेशनमा बस्नुभएको छ ।’ उनका अनुसार एक साता पहिले कार्यालयका १ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  चितवन प्रमुख अधिकारी दम्पत्तीलाई कोरोना सङ्क्रमण

ती कर्मचारीको सम्पर्कमा आएका ५ जना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप ३ जनामा कोरोना सङ्क्रमण देखिएको उनले बताए ।

 

कमेन्ट गर्नुहोस्