भाइरल बन्दै लोक गायिका कलाको ‘लाहुरे’

काठमाडौंः नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायिका कला लम्सालले यतिबेला समसामयीक विषयवस्तु समेटिएको गीत ‘लाहुरे आएन झुक्यायो’ लिएर नेपाली लोक संगीतप्रेमी दर्शकहरु माझ आएकी छन् ।

सधै नेपाली औपचारिक पोसाकमा सजिएर आमदर्शक सामु आउने लम्सालको दुरदराजका शब्द टिपेर गीत गाउनु छुट्टै विशेषता हो ।

नेपाली समाज र संस्कृतिलाई पश्चिमा शैलीको संस्कृतिले गाँजिएको वर्तमान अवस्थामा गायनको माध्यामबाट नेपालको संस्कृतिप्रतिको मोह देखाउनु राष्ट्रकै लागि सुनौलो कुरा हो । यसमा झनै नेपाली औपचारिक पोसाकमा सजिएर छातिमा राष्ट्रिय झण्डा अंकित पोसाक पहिरिँदा कलाको राष्ट्रप्रतिको आघात माया दृष्टान्त भएको पाइन्छ ।

आफ्ना यिनै राष्ट्रप्रेमी विशेषताहरुले आम दर्शकहरुको बिचमा लोकप्रिय बनेकी लोक तथा दोहोरी गायिका लम्साल यतिबेला नेपाली सांगीतिक बजारमा ‘लाहुरे आएन झुक्क्यायो’ बोलको गीतले चर्चामा छन् । विभिन्न समयमा विभिन्न चर्चित गीतहरु गएर नेपाली दर्शक श्रोताको मनमुटुमा बस्न सफल लम्सालको लाहुरे आएन झुक्क्यायो गीत यतिबेला भाइरल नै बनेको छ ।

बहुचर्चित तीज गीत पातलीको अपार सफलतापछि नेपाली लोक सांगीतिक आकाशमा मगमगाएकी लम्सालको गायन जस्तै नृत्य र अभिनय क्षेत्रमा पनि दख्खलता भएकाले उनकै आवाज, नृत्य र अभिनयको संयोजनमा लाहुरे गीत चर्चामा पुगेको हो । हिन्दु नेपालीहरुको महान पर्व दशैं र तिहारमा नेपालबाट प्रवासमा गएर लाहुरेको जागिर गर्ने नेपालीले घरमा बस्ने आफ्नी प्रियसीलाई घरमा आउँछु भन्दै झुक्याएको प्रसंग समेटिएको गीतले यतिबेला लाहुरेको घरमा कारुनिकता प्रदान गरिरहेको छ ।

गायिका कला लम्साल र गायक बिमल परियारको आवाजमा फरक अस्तित्व बोकेर आएको गीत ‘लाहुरे आएन झुक्कायो’ सामाजिक संजालाहरुमा यतिबेला भाइरल नै बनेको छ । सर्जक शिव हमालको शब्द तथा सङ्गीतमा सजिएको यो गीतमा मौसम हिमालीको निर्देशन रहेको म्युजिक भिडियोमा लोकप्रिय नायक गम्भीर बिस्ट र कला लम्सालले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्