अनसन फिर्ता लिन डा. केसीलाई आग्रह, लोकसेवाका परीक्षा सञ्चालन गर्ने स्वीकृति

काठमाडौं : परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिई कारोनाविरुद्धको साझा लडाईंमा सक्रिय हुन आग्रह गरेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्नेक्रममा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सो आग्रह गरेका हुन् ।

डा. केसी अहिले शिक्षण अस्पतालमा अनसनरत छन् । उनले उठाएको माग सम्बोधन भएर कार्यान्वयनमा गइसकेकाले अब अनसन र हड्तालको कुनै आवश्यकता नभएको बताउँदै मन्त्री ज्ञवालीले भने, ‘अहिले देश संकटमा छ, असामान्य अवस्थामा अनसन, धर्ना, हडताल सुहाउने बेला होइन । अनसन फिर्ता लिई कोभिड १९ विरुद्धको साझा लडाईंमा सहभागी होऔं ।’

याे पनि पढ्नुस  ‘सगरमाथा संवाद’बारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

डा. केसीले उठाएको मागअनुसार सात वटै प्रदेशमा मेडिकल कलेजको स्थापना भई कार्यान्वयनको चरणमा रहेको प्रवक्ता ज्ञवालीले बताए ।

त्यस्तै, चिकित्सा शिक्षा सम्बन्धी ऐन निर्माण भएको, उच्चस्तरीय आयोग गठन भई कार्यान्वयनको चरणमा रहेको, त्यसको नियमावली समेत बनिसकेको उनले बताए । ७५ प्रतिशत छात्रबृत्तिको माग पनि कार्यान्वयनमा गइसकेको उनले जानकारी दिए ।

याे पनि पढ्नुस  औषधि बोकेर बाढी प्रभावित जिल्ला पुगे डा. गोविन्द केसी

सोहीअनसार कोरोना विरुद्धको लडाईं जारी रहेकाले सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने प्रवक्ता ज्ञवालीले आग्रह गरे । कार्यथलोमा काम गर्दा सुरक्षाका आवश्यक प्रबन्ध कडाईका साथ पालना गर्न उनले सबैमा आग्रह पनि गरे ।

कमेन्ट गर्नुहोस्