मुम्बईविरुद्ध बलिङ गर्दै पञ्जाब, को-कोले पाए प्लेइङ ११ मा मौका?

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)को १३ औँ म्याचमा गत सिजन विजेता मुम्बई इण्डियन्सविरुद्ध किंग्स इलावेन पञ्जाबले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ । पञ्जाबले आज एक खेलाडी परिवर्तन गरेको छ । उसले मुर्गन आश्विनलाई विश्राम दिँदै कृष्णप्पा गौतमलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  आईपीएल : केकेआरविरुद्ध दिल्लीको रोमाञ्चक जित

यता मुम्बईले अघिल्लो म्याचकै प्लेइङ ११ मा मौका दिएको छ । जारी सिजनमा दुबै टिमले तीन म्याच खेल्दा समान एक खेलमा जित हासिल गर्दा दुई खेलमा पराजय ब्यहोरेका छन् ।

पछिल्लो पाँच खेलको आँकडा हेर्ने हो भने पञ्जाबले मुम्बईलाई दुई खेलमा पराजित गर्न सफल भएको छ । यो पटक पञ्जाबमा केएल राहुल कप्तान छन् । जो राम्रो लयमा देखिएका छन् ।

याे पनि पढ्नुस  शिखरको शतकमा दिल्लीले दियो पञ्जाबलाई बलियो लक्ष्य

मुम्बईमा भने यो सिजनमा पनि रोहित शर्मा नै कप्तान छन् । जारी सिजनमा रोहितको ब्याट नचल्दा मुम्बईलाई असर पुगेको छ ।

मुम्बईको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, इशान किशन, किरण पोलार्ड, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, जेम्स प्याटिन्सन, राहुल चहर, ट्रेन्ट बाउल्ट र जसप्रीत बुमराह ।

याे पनि पढ्नुस  आईपीएल खेल्न सन्दीप यूएई प्रस्थान

पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान), मयंक अग्रवाल, करुण नायर, ग्लेन म्याक्सवेल, निकोलस पूरान, जिमी नीशम, सरफराज खान, रवि बिश्नोई, कृष्णप्पा गौतम, शेल्डन कोट्रेल र मोहम्मद शामी ।

कमेन्ट गर्नुहोस्