क्यानडामा अक्टोबरमा पनि विदेशी यात्रुलाई निषेध

ओट्टावा : विदेशी यात्रुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरि एक महिना थपेको छ । कोरोना भाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिबन्ध लगाउँदै आएको क्यानडाले अक्टोबर महिनाभरी पनि प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

देशका सार्वजनिक सुरक्षामन्त्री बिल बलैरद्धारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ । यस्तो प्रतिबन्ध अमेरिकी देश बाहेकका देशबाट आउनेहरूलाई मात्रै लगाइएको पनि उनले स्पष्ट पारेका छन् । उनका अनुसार यस्तो प्रतिवन्ध अस्थायी हो ।

याे पनि पढ्नुस  बिहानै थपिए संक्रमित

कोरोनाको सङ्क्रमणको खतरा कम भएपछि खुल्ला गरिने उनको भनाई छ । मन्त्री बलैरले अस्थायी कामका लागि आउन लागेका र कुटनीतिक अधिकारीहरुलाई पनि संघीय सरकारले आउनका लागि अनुमति दिन भने सक्ने स्पष्ट पारे ।

क्यानाडामा विदेशबाट आउनेहरूका लागि अहिले पनि क्वारेन्टाइन सम्बन्धी कडा व्यवस्था कायमै छ । यस्तो व्यवस्था गत मार्च ५ तारिखदेखि लागू भएको हो ।

याे पनि पढ्नुस  कोरोना भाइरसबारे एनआरएनए स्वास्थ्य समितिको लाइभ अन्तरक्रिया सम्पन्न

क्वारेन्टाइन सम्बन्धी कानुनी व्यवस्था उलंघन गर्नेलाई दण्ड र जरिवानाको पनि व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छ महिनासम्म कारावास सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

कोरोना महामारीबाट प्रभावित देशहरूको सूचीमा क्यानडा २६ औँ क्रममा रहेको छ । क्यानडामा अहिलेसम्म एक लाख ५८ हजार ७ सय ५८ जना सङ्क्रमित भएका छन् । तीमध्ये अहिलेसम्म नौ हजार २ सय ९७ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्