आईपीएलमा रोहित शर्माको ५ हजार रन पूरा

काठमाडौं : मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले आईपीएलमा नयाँ उपलब्धि हासिल गरेका छन् । आज पाँच हजार रन पूरा गर्दै रोहितले आईपीएलमा नयाँ उपलब्धि हासिल गरेका हुन् ।

उनी आइपीएलमा ५ हजार रन बनाउने तेस्रो खेलाडी हुन् । यसअघि आइपीएलमा विराट कोहली र सुरेश रैनाले ५ हजार रन पूरा गरिसकेका छन् ।

याे पनि पढ्नुस  आईपीएलमा केएल राहुलले बनाए नयाँ कीर्तिमान

आज पञ्जाबविरुद्ध मोहम्मद शामीको बलमा चौका प्रहार गर्दै रोहितले आइपीएलमा ५ हजार रन पूरा गरे । उनले १ सय ९२ म्याच खेल्दै ५ हजार रन पूरा गर्न सफल भए । रोहितले ५ हजार रन पूरा गर्दा एक शतक र ३७ अर्धशतक बनाए ।

याे पनि पढ्नुस  ‘निर्णायक म्याच’मा रोहितले पूरा गरे शानदार अर्धशतक

यसअघि विराटले १७८ खेलमा ३७.६८ को औसतमा ५ हजार ४२६ रन बनाएका छन् । रैनाले १९३ खेलमा ३३.३४ को औसतमा ५ हजार ३६८ रन रनाएका छन् ।

कमेन्ट गर्नुहोस्