वरिष्ठ पाइलट विजय लामाले जिते कोरोना

काठमाडौं : नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले कोरोना भाइरस (कोभिड-१९) जितेका छन् । २९ भदौमा संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामाले १८ दिन लामो उपचारपछि कोरोना जितेका हुन् ।

उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको बताएका छन् ।

याे पनि पढ्नुस  कोरोना भाइरस: जीवन रक्षा गर्ने औषधि भेटियो

‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दुःख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ,’ उनले भनेका छन्, ‘यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितेँ ।’

कमेन्ट गर्नुहोस्