मुम्बईले दियो पञ्जाबलाई १९२ रनको लक्ष्य, रोहित-पोलार्ड र पाण्डेको उत्कृष्ट ब्याटिङ

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)को १३ औँ म्याचमा मुम्बई इण्डियन्सले किंग्स इलावेन पञ्जाबलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनायो ।

उसका लागि कप्तान रोहित शर्माले राम्रो ब्याटिङ गरे । उनले ४५ बलमा ८ चौका र ३ छक्कासहित ७० रन बनाए । रोहितले आईपीएलमा ५ हजार रन पनि पूरा गरेका छन् ।

याे पनि पढ्नुस  आईपीएल : आरसीबीविरुद्ध चेन्नई ८ विकेटले विजयी

आईपीएलमा ५ हजार रन बनाउने उनी तेस्रो खेलाडी हुन् । यसअघि विराट कोहली र सुरेश रैनाले आइपीएलमा ५ हजार रन बनाइसकेका छन् ।

पञ्जाबविरुद्ध आज मुम्बईका इशान किशनले २८, किरण पोलार्डले नटआउट ४७, हार्दिक पाण्ड्याले अविजित ३० र सूर्यकुमार यादवले १० रनको योगदान दिए ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीविरुद्ध मुम्बईको शानदार जित

बलिङमा पञ्जाबका सेल्डन कोट्रेल, मोहम्मद शामी र कृष्णप्पा गौतमले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्