चीनसँग सीमा विवाद चर्किरहेका बेला भारतले गर्‍यो मिसाइल परीक्षण

नयाँदिल्ली : पूर्वी लद्धाखमा चीनसँग जारी तनावकै बीचमा भारतले मिसाइल परीक्षण गरेको छ ।

भारतको रक्षा अनुसन्धान र विकास संगठन (डिआरडिओ)ले बिहीबार स्वदेशी लेजर गाइडेड एन्टी ट्याङक मिसाइल सफलतापूर्वक परीक्षण गरेको हो ।

मिसाइल सफलतापूर्व परीक्षण गरेलगत्तै भारतीय रक्षामन्त्री राजनाथसिंहले डिआरडिओलाई बधाई दिएका छन् ।

याे पनि पढ्नुस  कोरोनाले विश्‍व त्रसित, उत्तर कोरिया मिसाइल परीक्षणमा व्यस्त

भारतीय रक्षामन्त्रालयका अनुसार यो मिसाइल महाराष्ट्रको अहमदनगरबाट परीक्षण (फायर खोलिएको) गरिएको थियो । यसअघि २२ सेप्टेम्बरमा अहमदनगरमा यसको सफलतापूर्वक परीक्षण गरिएको थियो ।

यो मिसाइलले १.५ किलोमिटरसम्म मार हान्ने क्षमता राख्दछ ।

त्यसैगरी बुधबार पनि भारतले बालेश्रमा जमिनबाट जमिनमा मार हान्ने क्रुज मिसाइल ब्रम्होसको सफलतापूर्वक परीक्षण गरेको थियो ।

कमेन्ट गर्नुहोस्