राहुल र प्रियंका गान्धी गिरफ्तार, राहुलको प्रश्न : ‘यो देशमा मोदीबाहेक कोही हिँड्न नपाउने हो?’

नयाँदिल्ली : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शिर्ष नेता बिहीबार गिरफ्तारीमा परेका छन ।

पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रतमार्ग नजिकैबाट बिहीबार दिउँसो गिरफ्तार गरेको हो ।

गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकीको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरूलाई गिरफ्तार गरिएको समाचारमा जनाइएको छ । उनीहरूलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएर गिरफ्तार गरेको अधिकारीहरूले जानकारी दिएका छन् । गान्धीद्धयसँगै अन्य केही नेताहरुलाई पनि गौतम बुद्ध नगरबाट गिरफ्तार गरेको हो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र गरेको आरोपमा भएको गिरफ्तारीको चौतर्फी आलोचना

कांग्रेस कार्यकर्ताहरूका अनुसार दिल्ली नोइडा राजमार्गमा र्याली गरेर हथ्रासतर्फ गइरहेका बेला उनीहरूलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुदै प्रश्न गरे, ‘के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ?’ उनले भारतमा सामान्य मान्छेहरु हिड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरे ।

याे पनि पढ्नुस  राहुल गान्धीकाे निशानामा फेरि मोदी !

नेता गान्धीले आफूलाई प्रहरीले जवरजस्ती समातेर लाठी चार्ज गरेको, भुँइमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् । उनले आफ्ना सवारी साधनहरू रोकिएकाले आफूहरू हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्