आईपीएलमा पञ्जाबमाथि मुम्बईको शानदार जित

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध किंग्स इलावेन पञ्जाब ४८ रनले पराजित भएको छ ।

मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

उसका लागि निकोलस पूरनले ४४, मयंक अग्रवालले २५, कप्तान केएल राहुलले १७, ग्लेन म्याक्सवेलले ११ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।

याे पनि पढ्नुस  आईपीएल : आरसीबीविरुद्ध चेन्नई ८ विकेटले विजयी

बलिङमा मुम्बई इण्डियन्सका जेम्स प्याटिन्सन, राहुल चाहर, जसप्रीत बुमराहले दुई/दुई, ट्रेन्ट बोल्ट र कुणाल पाण्ड्याले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनायो ।

उसका लागि कप्तान रोहित शर्माले राम्रो ब्याटिङ गरे । उनले ४५ बलमा ८ चौका र ३ छक्कासहित ७० रन बनाए । रोहितले आईपीएलमा ५ हजार रन पनि पूरा गरेका छन् ।

याे पनि पढ्नुस  राजस्थानमाथि आरसीबीको फराकिलो जित, कोहलीको उत्कृष्ट ब्याटिङ

आईपीएलमा ५ हजार रन बनाउने उनी तेस्रो खेलाडी हुन् । यसअघि विराट कोहली र सुरेश रैनाले आइपीएलमा ५ हजार रन बनाइसकेका छन् ।

पञ्जाबविरुद्ध आज मुम्बईका इशान किशनले २८, किरण पोलार्डले नटआउट ४७, हार्दिक पाण्ड्याले अविजित ३० र सूर्यकुमार यादवले १० रनको योगदान दिए ।

याे पनि पढ्नुस  आईपीएल : चेन्नईले दियो दिल्लीलाई १८० रनको लक्ष्य

बलिङमा पञ्जाबका सेल्डन कोट्रेल, मोहम्मद शामी र कृष्णप्पा गौतमले एक/एक विकेट लिए ।

जारी सिजनमा पञ्जाबको यो तेस्रो हारको हो । उसले चार म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ ।

मुम्बईले भने चार म्याचमा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ ।

कमेन्ट गर्नुहोस्