टोटनह्याम युरोपा लिगका लागि छनोट, केनको ह्याट्रिक

इंग्लिस क्लब टोटनह्याम युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगका लागि छनोट भएको छ ।

गएराति भएको खेलमा ह्यारी केनको ह्याट्रिकको सहयोगमा टोटेनह्याम युरोपा लिगमा छनोट भएको हो । प्ले अफको खेलमा इजरायली क्लब माराबी हाइफामाथि ७–२ को जीतसहित टोटनहम समूह चरणका लागि छनोट भएको हो ।

टोटेनहमको जितमा ह्यारी केनले ह्याट्रिक गरे भने जियोवानी लो सेल्सोले दुई तथा लुकास मौरा र डेले अलीले एक एक गोल गरे । टोटनह्यामले पछिल्ला ५ दिनमा तेस्रो खेल खेलेको हो । मंगलबार मात्र टोटनह्यामले लण्डन क्लब चेल्सीलाई हराउँदै काराबाओ कपको क्वाटरफाइनलमा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्