नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बेलाएको छ ।

प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी र्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठक शनिबार शनिबार अपराहृन ४ बजे बैठक बस्ने बताइएको छ ।

याे पनि पढ्नुस  ओलीको असंवैधानिक कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा पर्छः प्रचण्ड र नेपाल

प्रधानमन्त्री ओलीले बिहीबार मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्नुका साथै डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेका थिए । ओलीले उक्त विषयमा एकलौटी निर्णय गरेको भन्दै नेकपामा विरोध शुरू भएको छ ।

यसअघि पार्टीका विवाद देखिएपछि गठित कार्यदलको सुझावअनुसार स्थायी कमिटि र सचिवालय बैठकले छलफलपछि मात्रै राजनीतिक तथा संवैधानिक नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको केही साता नवित्दै ओलीले एकलौटी निर्णय गरेपछि नेकपामा फेरि विवाद हुने संकेत देखिएको छ ।शनिबार बोलाइएको बैठक शनिबार गरिएका निर्णयबारे केन्द्रित हुने नेकपा स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  ‘चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण’

यसअघि बसेको नेकपा सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको थियो । बैठकमा उक्त विषयका साथै मन्त्रिपरिषद् पुनर्गठन, एकता महाधिवेशनलगायतका विषयमा पनि छलफल हुनेछ ।

कमेन्ट गर्नुहोस्