अर्घाखाँचीका सिडिओ र सहायक सिडिओमा कोरोना पुष्टि

काठमाडौंः अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) विक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि सिडिओ पौडेल र सहायक सिडिओ अधिकारी होम आइसोलेसनमा बसेका छन् । सिडिओ पौडेलमा ज्वरो, रूघाखोकी पनि देखिएको छ । सहायक सिडिओ थापामा कोरोनाका लक्षण देखिएको छैन ।

याे पनि पढ्नुस  नेकपाका ५७९ कार्यकर्ता कांग्रेसमा प्रवेश

उनीहरू शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क नगरपालिका भुजुंगे क्षेत्रमा पहिरोपीडितलाई राहत वितरण गरेर फर्केका थिए ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट प्रवाह हुने अत्यावश्यकीय सेवा भने सञ्चालन भइरहेका छन् ।

कमेन्ट गर्नुहोस्