प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय

बुटवलः प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने निर्णय गरेको हो । भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको हो ।

योसँगै ५ नम्बर प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश हुने तयारी भएको छ । प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाउन लागेको हो ।

याे पनि पढ्नुस  राष्ट्रियसभा निर्वाचनः प्रदेश ५ अन्तर्गत दाङमा १५ मत बदर

राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागेको हो ।

याे पनि पढ्नुस  ‘अहिले सीमा विवाद सधैका लागि अन्त्य गर्ने स्वर्णिम अवसर छ’

नेकपा संसदीय दल प्रदेश ५ का सचिव भोजप्रसाद श्रेष्ठले राजधानी र नामाकरण सम्बन्धी छलफल संसदमा सुरु भएको बताए । नेकपा संसदीय दलले शनिबार बिहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्नेछ ।

साथै बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दियाकाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जनाकारी दिए ।

याे पनि पढ्नुस  यस्ता छन् कात्तिक ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

यस्तै बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने निर्णय गरेको छ । यसअघि १० करोड रुपैयाँ राखेर कोष स्थापना गरिएको थियो ।

बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्