प्रदेश ५ः नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेश

बुटवलः प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उक्त प्रस्ताव पेश गरेका हुन् ।

यसअघि शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको हो ।

याे पनि पढ्नुस  म्यानमारमा राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी चिनाउने फोटो प्रदर्शनीको उद्घाटन

राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाएको हो ।

नेकपा संसदीय दलले शनिबार बिहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्नेछ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय

कमेन्ट गर्नुहोस्