बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

बाजुराः बाजुराको हिमाली गाउँपालिका ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ३० वर्षीया सत्ता नेपाली र उहाँका छोरीहरु ५ वर्षीया आरती, ४ वर्षीया सन्तोषी र १ वर्षीया छोरी किस्मती तथा २ वर्षीय छोरा सम्मान नेपाली रहेका छन् ।

याे पनि पढ्नुस  म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता

शुक्रबार दिउँसो छोराछोरीसहित खोलामा नुहाउन गएका बेला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्