आईपीएल : धोनीले तोडे रैनाको कीर्तिमान

काठमाडौं : चेन्नई सुपर किंग्स (सीएसके)का कप्तान महेन्द्रसिंह धोनीले नयाँ कीर्तिमान बनाएका छन् ।

उनले आईपीएलमा सर्वाधिक म्याच खेल्ने कीर्तिमान बनाएका हुन् । आज सनराइजर्स हैदराबादविरुद्ध खेल्दै धोनीले यो उपलब्धि हासिल गरे ।

उनी अब आईपीएल इतिहासमा सबैभन्दा बढी म्याच खेल्ने खेलाडी बनेका छन् । धोनीको यो १९४ औँ आईपीएल म्याच हो ।

याे पनि पढ्नुस  विकेटकीपर–कप्तानको रुपमा धेरै शतक बनाउने ३ क्रिकेटर

यसअघि सर्वाधिक आईपीएल म्याच खेल्ने कीर्तिमान सुरेश रैनाको नाममा थियो । उनले १९३ आईपीएल म्याच खेलेका थिए ।

यो वर्ष रैनाले व्यक्तिगत कारण देखाउँदै आईपीएलबाट नाम फिर्ता लिएसँगै धोनीले सजिलै नयाँ कीर्तिमान बनाउन सफल भए ।

यो सूचीको तेस्रो स्थानमा मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा छन् । उनले हालसम्म १९२ आईपीएल म्याच खेलेका छन् ।

कमेन्ट गर्नुहोस्