एनआरएएनले ‘भर्चुअल विशेष महाअधिवेशन’ गर्ने

यूएई : गैरआवासीय नेपाली संघ (एनआरएएन) ले ‘भर्चुअल विशेष महाअधिवेशन’ गर्ने भएको छ । नेपाल सरकारले अनुमति दिएपछि एनआरएनएले भर्चुअल महाधिवेशन गर्ने भएको हो ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार परराष्ट्र मन्त्रालयले संघको प्रस्तावलाई बिहीबार अनुमति दिएको हो ।

परराष्ट्र मन्त्रालयद्वारा संघलाई पठाएको पत्रमा अन्तर्राष्ट्रिय अधिवेशन अनलाइन भोटिङका आधारमा गर्न सकिने जनाइएको छ । संघका अध्यक्ष कुमार पन्तले संघको पदाधिकारी बैठक बसेर छिट्टै विषेश महाधिवेशनको मिति तय गरिने बताएका छन् ।

परराष्ट्र मन्त्रालयले भर्चुअल अधिवेशन गरेको सुनिश्चितताका लागि कागजपत्र मन्त्रालयमा पेस गर्न लगायत संशोधित बिधान अनुसार भएको निर्णय प्रक्रिया पुष्टि हुने प्रमाण मन्त्रालयमा पेस गर्न भनेको छ ।

गत वर्ष सम्पन्न संघको महाधिवेशनमा पास हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गर्न संघले विषेश महाधिवेशन बोलाउन लागेको हो । संघले केही दिनमा विशेष महाधिवेशनको मिति तय गर्नेछ ।

 

कमेन्ट गर्नुहोस्