रूपन्देही र बाँकेमा डुबेर ३ जनाको मृत्यु

बुटवल : रूपन्देही र बाँकेमा पानीमा डुबेर तीन जनाको ज्यान गएको छ । रूपन्देहीमा खोलामा पौडि खेल्न गएका युवा बेपत्ता भइ खोजीगर्दा मृत फेला परेका हुन भने बाँकेमा पोखरीमा पौडिखेल्दा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रूपन्देहीको रोहिणी खोलामा नुहाउने क्रममा बिहीबारदेखि बेपत्ता भएका एक युवक आज मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

तिलोत्तमा नगरपालिका-१२ जुटपानी स्थित रोहिणी खोलामा बिहीबार साथीसँगै नुुहाउन गएका १७ वर्षीय राजन पश्चिममा थारू खोलामा डुवेर बेपत्ता भएका थिए । बेपत्ता थारूको प्रहरी र स्थानीयले खोजि गर्नेक्रममा आज बिहान मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका ६ फत्तेपुरस्थित तालमा पौडी खेल्ने क्रममा नेपालगञ्जका दुई किशोरको शुक्रबार मृत्यु भएको छ । छ जना साथीहरूको समूह बनाएर फत्तेपुर पुगेका उनीहरु झरना हेरिसकेपछि नजिकको तालमा पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई उद्धार गरेर उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास खड्काले जानकारी दिए ।

याे पनि पढ्नुस  हँसीमजाक गरी पछार्दा १ जनाको मृत्यु

उनका अनुसार मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका ९ बाँकेगाउँका १६ वर्षीय शिवशंकर शुक्ला र १४ वर्षीय बिनोद बर्मा रहेका छन् ।

कमेन्ट गर्नुहोस्