हैदराबादले दियो चेन्नईलाई १६५ रनको लक्ष्य, प्रियामको उत्कृष्ट ब्याटिङ

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्स (सीएसके)लाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले निर्धारित २० ओभरमा ५ वकेट गुमाएर १ सय ६५ रन बनायो ।

याे पनि पढ्नुस  आईपीएल : हैदराबादविरुद्ध चेन्नई २० रनले विजयी

उसका लागि १९ वर्षीय प्रियाम गर्गले शानदार ब्याटिङ गरे । उनले २५ बलमा १ छक्का र ६ चौकासहित अविजित ५१ रन बनाए ।

त्यस्तै, अभिषेक शर्माले ३१, मनिष पाण्डेले २९, कप्तान डेविड वार्नरले २८ रन बनाए ।

बलिङमा सीएसकेका राहुल चाहरले २, शार्दुल ठाकुर र पियूष चावलाले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्