चितवनमा थप २ कोरोना संक्रमितको मृत्यु

भरतपुर : चितवनमा आज थप दुई जनाको कोरोना सङ्क्रणबाट मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन

यस्तै, आजै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका ७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनलाई बिहीबार राती भरतपुर अस्पतालमा रिफर गरिएको थियो । सोही दिन नै उहाँमा कोरोना पोजिटिभ पुष्टि भएको हो ।

याे पनि पढ्नुस  विज्ञसँग प्रधानमन्त्रीले लिए परामर्श

भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत उनीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ जना पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।

कमेन्ट गर्नुहोस्