डोनाल्ड ट्रम्प सैनिक अस्पताल भर्ना

वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ ।

हिजोमात्रै राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलिनामा कोरोना पुष्टि भएको थियो ।

निर्वाचन अभियानमा रहेका बेला उनी संक्रमित बनेका हुन ।

व्हाइट हाउसले एक विज्ञप्तीमार्फत सावधानी र सतर्कता अपनाउँदै राष्ट्रपतिलाई वाल्टर रीड नेशनल सैनिक अस्पताल लगिएको छ ।

याे पनि पढ्नुस  'डोनाल्ड ट्रम्प'का आमा-बुवालाई यस्तो सास्ती !

बिबिसीका अनुसार, अस्पताल जानेक्रममा मुखमा मास्क लगाएका ट्रम्पले पत्रकारहरुतर्फ हात हल्लाएका थिए ।

ट्रम्पलाई लगातार ज्वरो आउने र जीउ दुख्ने जस्ता समस्या देखिएको पनि बताइएको छ । व्हाइट हाउसले जारी गरेको चिकित्सकीय मेमोका अनुसार, ट्रम्पको स्वास्थ्य अवस्था भने मध्यमस्तरको जोखिममा रहेको छ । उनलाई केही औषधी पनि दिइएको उल्लेख छ ।

याे पनि पढ्नुस  छोरीलाई अपमानजनक टिप्पणी गरेको भन्दै ट्रप आक्रोशित

अब उनी केही दिनसम्म अस्पतालमा नै बस्ने बताइन्छ ।
यसबाट उनको चुनावी अभियानमा भने ठूलो धक्का लागेको छ ।
यसअघि बुधबारमात्रै उनी प्रतिष्पर्धि जो बेइडनसँग एउटा टिभी शोमा देखिएका थिए ।

हेलिकप्टरमार्फत अस्पताल पुगेपछि ट्रम्पले भिडियो सन्देश जारी गर्दै आफु सामान्य अवस्थामा रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्