भारतमा कोराना संक्रमणबाट १ लाख बढीको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।

पछिल्लो दिनमा संक्रमण चुलिएसँगै मृत्यु हुनेको संख्या पनि बढेको हो ।

भारतमा गत ३० जनवरीका दिन पहिलो कोरोना संक्रमणको घटना देखिएको थियो । शुरुका दिनमा भने भारतमा कोरोनाको अवस्था भयावह थिएन । शुरुको संक्रमणदेखि ३१ मईसम्म अर्थात् ४ महिनामा भारतमा १.८२ लाख मानिसमा मात्रै संक्रमण देखिएको थियो । जबकि त्यो बेलासम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय पाँच मात्रै थियो । तर एक जुनदेखि लकडाउन खुलेपछि १२३ दिनमा कोरोना संक्रमितको संख्या ६४ ला ७१ हजार भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख पुगेको छ ।

याे पनि पढ्नुस  पोखरा र सुर्खेतमा कोरोना संक्रमणबाट दुईजनाको निधन

अनलकपछि मृत्यु हुनेको संख्यामा १८०० प्रतिशतले बृद्धि भएको हो । कोरोनाबाट पहिलो मृत्यु १२ मार्चका दिन भएको थियो । अहिले भने औसत एक हजार जनाका दरले मृत्यु भइरहेको छ

कमेन्ट गर्नुहोस्