दलित किशोरीमाथि सामूहिक बलात्कार काण्डः १८ दिनपछि एसपी र डिएसपीसहित ५ प्रहरी निलम्बित

नयाँ दिल्ली । भारतका हाथरसमा दलित युवतीमाथि भएको सामूहिक बलात्कार घटनामा नयाँ मोड आएको छ ।

देशैभरी बलात्कार काण्डको चर्को बिरोध भएसँगै उत्तर प्रदेश सरकारले घटना घटेको हाथरसका एसपी, डिएसपीसहित पाँच जना प्रहरीलाई निलम्बन गरेको देशैभरी बलात्कार काण्डको चर्को बिरोध भएसँगै उत्तर प्रदेश सरकारले घटना घटेको हाथरसका एसपी, डिएसपीसहित पाँच जना प्रहरीलाई निलम्बन गरेको छ ।

याे पनि पढ्नुस  बालिका बलात्कारको आरोपमा चितवनमा एकजना पक्राउ

सरकारले निलम्बित प्रहरीका साथै पीडित परिवारको पनि नार्को टेष्ट गर्ने बताएको छ । हाथरसमा विनित जायसवाललाई नयाँ एसपी बनाइएको छ ।

अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी अधिकृतहरुमाथि कार्वाही गरिएको हो

हाथरस बलात्कारको घटनाले देशैभरी आन्दोलन सिर्जना गरेको छ । दिल्लीमा भएका प्रदर्शनमा कांग्रेस नेता पिंयका गान्धीसमेत कैयन सहभागी रहेको दैनिक भास्करले जनाएको छ ।
दिल्लीको जन्तरमन्तरमा भएको प्रदर्शनमा मुख्यमन्त्री अरबिन्द केजरीवाल समेत सहभागी भएका थिए । उनले दोषिहरुलाई तत्काल फाँसी दिन माग गरे ।

याे पनि पढ्नुस  १४ वर्षीया बालिका बलात्कार आरोपमा ६९ वर्षीय वृद्ध पक्राउ

यसअघि पीडित परिवारलाई भेटन गइरहेका राहुल गान्धी र सोनिया गान्धीलाई प्रहरीले बाटोमै नियन्त्रणमा लिएको थियो ।

प्रहरीले बलात्कारीहरुलाई जोगाउन खोजेको र पीडित परिवारलाई धम्क्याएर नजरबन्द गरेको घटना मिडियाबाट सार्वजनिक भएपछि घटनाले ठूलो रुप लिएको थियो ।

मुख्यमन्त्री आदित्यनाथ योगीले भने दोषीहरुलाई कडा सजाय दिइने बताएका छन् ।

कमेन्ट गर्नुहोस्