२६ वर्षपछि सुचारु हुँदै पाटन विमानस्थल, पर्यटनमन्त्रीद्वारा उद्घाटन

बैतडी जिल्लाको पाटनमा रहेको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आउने भएकाे छ । २०३६ सालबाट सञ्चालनमा आएको पाटन एयपोर्ट २०५१ सालदेखि भने बन्द थियो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सम्पर्क बिन्दुसमेत रहेको पाटन उपत्यकामा रहेको एयरपोर्ट विगत तीनवर्षदेखि मर्मत सम्भार हुँदै आएको थियो ।

नयाँ संरचना निर्माणका लागि सरकारले ११ करोड बजेट विनियोजन गरेको थियो । निर्माण भएको एयरपोर्टको आज पर्यटनमन्त्री योगेश भघट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । मन्त्री भट्टराई आजै पाटन पुग्ने कार्यक्रम छ । मन्त्रीसँगै बैतडी, बझाङ र डोटीका सांसदसहित नागरिक उड्ययन प्राधिकरणको प्राविधिक टोली छ ।

बैतडीबाट प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीका अनुसार, पाटन पुगेपछि मन्त्रीले स्थानीय कार्यकताहरुसँग छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।

सुदूरपश्चिमको क्षेत्रमा तराई पहाडको हवाई यात्राका लागि प्राधिकरणको टोलीले अध्ययन गर्ने र प्राविधिक दृष्टिकोणले मिलेसम्म आगामि दिनहरुमा उडानलाई निरन्तरता दिने भण्डारीको भनाई छ।

विमानस्थल गत माघ महिनामै निर्माण सम्पन्न भइसकेको छ। विमानस्थलको धावनमार्ग निर्माण भएपनि टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण भने सुरु नै भएको छैन।

कमेन्ट गर्नुहोस्