पूर्वराष्ट्रपति ओबामाद्वारा ट्रम्पलाई स्वास्थ्यलाभको कामना

काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोना सङ्क्रमित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्रम्प दम्पत्तीलाई सामाजिक सञ्जालमार्फत स्वास्थ्यलाभको कामना गरेका हुन् ।

राष्ट्रपति ट्रम्पको कार्यशैलीको तीव्र आलोचना गर्दै आएका ओबामाले स्वास्थ्य लाभ सन्देशमा लेखेका छन्, ‘राष्ट्रपति र पहिलो महिलासँगै कोरोना भाइरसका सबै सङ्क्रमितले आवश्यक हेरचाह पाइरहेको आशा गरेको छु र छिट्टै निको हुने आफू र मिसेल ओबोमाले विश्वास लिएका छौँ ।’ राष्ट्रपति चुनावमा ओबामाले डेमोक्रयाट उम्मेदवार जोइ बिडेनको खुलेर समर्थन गर्दै प्रचारप्रसार गर्दै आएका छन् ।

याे पनि पढ्नुस  अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छः ट्रम्प

उनले सामाजिक सञ्जाल फेसबुकमा अगाडि लेखेका छन्, ‘हामी राजनीतिक युद्धमा छौँ । तर, दलभन्दा माथि उठेर हरेक अमेरिकी स्वस्थ्य हुनुपर्ने हाम्रो मान्यता छ ।’

ओबामाले शिघ्र स्वास्थ्यलाभको लागि गरेको सन्देशमा करिब ५० हजार व्यक्तिले प्रतिक्रिया जनाएका छन् । ओबामाको उक्त सन्देश एक लाख जनाले साझा गरेका छन् ।

कमेन्ट गर्नुहोस्