आईपीएल : केकेआरविरुद्ध पनि सन्दीपले पाएनन् मौका

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत कोलकाता नाइट राइडस (केकेआर)विरुद्ध पनि दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लाछिानेले मौका पाउन असफल भएका छन् ।

सन्दीपले प्लेइङ-११ मौका नपाएको यो लगातार चौथो म्याच हो ।

आज पनि दिल्लीले विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, कागिसो रबाडा, शिमरोन हेटमायर र एनरिक नोर्कियालाई मौका दिएको छ ।

याे पनि पढ्नुस  आईपीएल : दिल्ली र केकेआर खेल्दै, सन्दीपले मौका पाउने सम्भावना कति?

दिल्लीले आज २ खेलाडी परिवर्तन गरेको छ । उसले इशान्त शर्मा र अक्षर पटेललाई विश्राम दिएको छ । उनीहरूको स्थानमा हर्षल पटेल र रविचन्द्रन आश्विनलाई मौका दिइएको छ ।

दिल्लीले आज टस हारेर ब्याटिङको मौका पाएको छ ।

पछिल्लो पाँच म्याचमा केकेआरविरुद्ध दिल्ली ३ खेलमा विजयी भएको छ । तीनमध्ये एक खेलमा दिल्लीले केकआरलाई ‘सुपर ओभर’मा हराएको थियो ।

याे पनि पढ्नुस  आईपीएल : केकेआरविरुद्ध दिल्लीको रोमाञ्चक जित

जारी सिजनमा तीन म्याच खेल्दा दुबै टिमले समान २ मा जित र एक खेलमा हारको सामना गरेका छन् । यो संस्करणको आईपीएलमा पनि दिल्ली श्रेयस अय्यर र केकेआरमा दिनेश कार्तिक कप्तान छन् ।

कमेन्ट गर्नुहोस्