राजस्थानमाथि आरसीबीको फराकिलो जित, कोहलीको उत्कृष्ट ब्याटिङ

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत राजस्थान रोयल्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ८ विकेटले विजयी भएको छ ।

राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य आरसीबीले १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान विराट कोहलीले अविजित ७२, देवदत्त पाडिक्कलले ६३, एडबी डिभिलियर्सले अविजित १२ र आरोन फिन्चले ८ रन बनाए । बलिङमा राजस्थान टिमका जोफ्रा आर्चर र श्रेयस गोपालले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  आईपीएल : मुम्बईले दियो पञ्जाबलाई १७७ रनको लक्ष्य

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।

उसका लागि महिपाल लोमरले ४७, जोश बटलरले २२, रोबिन उथप्पाले १७, रियान परागले १६, राहुल तेवटियाले ११ बलमा ३ छक्कासहित अविजित २४ र जोफ्रा आर्चरले नटआउट १६ रन बनाए ।

याे पनि पढ्नुस  आईपीएलमा आज केकेआर र आरसीबी खेल्दै

बलिङमा आरसीबीका युजवेन्द्र चहलले ३, इशरु उडानले २ र नवदीप सैनीले एक विकेट लिए । जारी सिजनमा आरसीबीको यो लगातार दोस्रो जित हो । उसले चार म्याच खेल्दा ३ मा जित र एक खेलमा हारको सामना गरेको छ ।

राजस्थानको यो लगातार दोस्रो हार हो । उसले चार म्याचमा २ मा जित र दुई खेलमा हारको सामना गरेको छ ।

कमेन्ट गर्नुहोस्