सर्वोच्चका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना पुष्टि

काठमाडौंः सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए ।

उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र अदालतमा छन् । न्यायाधीश डा. शर्माको एकल इजलास मात्र सञ्चालनमा छ ।

याे पनि पढ्नुस  डब्लुएचओको टोली नेपालगञ्जमा

सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिए । सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी सङ्क्रमित भएको र सङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहको जनाइएको छ ।

याे पनि पढ्नुस  अत्यावश्यक मेडिकल सामग्रीको स्टक ‘दुई साताका लागि मात्र’, आयातबारे अझै अन्यौल

सूचनामा संक्रमितको नाम, कति जनामा कोरोना देखिएको हो भन्ने उल्लेख गरिएको छैन ।

कमेन्ट गर्नुहोस्