आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १५९९ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

याे पनि पढ्नुस  पोखरामा थप २९ जनामा कोरोना संक्रमण

शुक्रबार देशभर १३२९ जना निको भएका छन् । योसँगै हालसम्म ६४०७९ जना निको भएका छन् । शुक्रबार देशभर सक्रिय संक्रमित संख्या २२ हजार २१९ छ । २५ हजार सक्रिय संक्रमित संख्या पुगे फेरि लकडाउन गरिने मन्त्रालयले यसअघि नै संकेत गरिसकेको छ ।

याे पनि पढ्नुस  कहाँका हुन् आज कोरोना संक्रमण देखिएका २ व्यक्ति?

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् ।

आज ५२ जिल्लामा संक्रमित थपिएका छन् ।

 

 

कमेन्ट गर्नुहोस्