बाँकेमा थप १ कोरोना सङ्क्रमितको मृत्यु

नेपालगञ्ज: बाँकेमा थप १ कोरोना सङ्क्रमितको निधन भएको छ । दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा आज १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

आन्द्रा फुटेर कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्ना भई उपचार गराइरहेका उनलाई कोरोना सङ्क्रमण देखिएपछि आजै कोहलपुर शिक्षण अस्पताल रिफर गरिएको थियो । रोगको प्रकृतिअनुसार सबैखाले उपचार विधि अपनाउँदासमेत बिरामीलाई जोगाउन नसकिएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

याे पनि पढ्नुस  सप्तरीमा माटोको ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु

शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत पहल भइरहेको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि आजै महेन्द्रनगरकी २९ वर्षीया सङ्क्रमित सुत्केरीको उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । यससँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।

याे पनि पढ्नुस  हुम्लामा चिसोका कारण मृत्यु हुनेका संख्या ८ पुग्यो

कमेन्ट गर्नुहोस्