चितवन मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

चितवन : सर्लाहीको लालबन्दी नगरपालिका-८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

यही असोज १५ गते कलेजामा समस्या भई अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो ।

उनको कोभिड आइसियू कक्षमा राखी उपचार हुँदाहुँदै आज साँझ ५ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा. डा. दयाराम लम्सालले जानकारी दिए ।

याे पनि पढ्नुस  चीनबाट फर्काइने नेपालीलाई भक्तपुरमा राख्‍नु हुन्‍नः सांसद सुवाल

चितवनमै आज बिहान मात्र भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका– ७ जुटपानीका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्