जापानमा बढ्न थाले कोरोना संक्रमित

टाेकियाे : जापानमा आइतबार थप ३ सय ९७ व्यक्तिमा कोरोना पुष्टि भएसँगै अहिलेसम्म कोभिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार ८४७ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकमा उल्लेख गरिएको छ ।

यो तथ्यांकमा सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा योकोहोमा पुगेका ७१२ सङ्क्रमितको सङ्ख्या समावेश गरिएको छैन ।

याे पनि पढ्नुस  अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि भएपछि...

जापानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या पानी जहाजका १४ सहित एक हजार ६१३ पुगेको छ। जापानमा आइतबारसम्ममा गम्भीर बिरामीको सङ्ख्या १३३ पुगेको छ ।

उनीहरूमध्ये केहीलाई भेन्टिलेटरको सहयोग उपलब्ध गराइएको छ भने केहीलाई सघन कक्षमा राखी उपचार सेवा प्रदान गरिराखिएको छ ।

याे पनि पढ्नुस  थप ५ जनामा कोरोना देखियो

सङ्क्रमणको केन्द्रविन्दु राजधानी टोकियोमा आइतबार थप १ सय ८ संक्रमित भेटिएका छन्। राजधानीमा लगातार छैटाैं दिन १ सयभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

जापानको राजधानी टोकियोमा ४७ प्रशासकीय क्षेत्रमध्ये सबैभन्दा बढी कुल २६ हजार ४८४ सङ्क्रमित भएका पुष्टि भएको छ।

कमेन्ट गर्नुहोस्