लुम्बिनी बन्दः आन्दोलनमा आउन चाहनेलाई यातायात खुला गर्ने निर्णय

बुटवल, प्रदेश ५ को राजधानीका विषयमा चुलिएको प्रदर्शनका क्रममा आज प्रदेश सभा घेराउको कार्यक्रम रहेको छ ।
आन्दोलनलाई सफल बनाउन यसअघि घोषणा गरिएको लुम्बिनी बन्दलाई केही सहज बनाइएको छ ।

संयुक्त संघर्ष समितिका संयोजक खिमबहादुर हमालका अनुसार सोमबार प्रदेश सभा घेराउको कार्यक्रम रहेकाले कार्यक्रममा सहभागी हुन आउनेका लागि यातायात खुला गरिएको हो ।

याे पनि पढ्नुस  प्रदेश ५ काे स‌ंसद बैठक शुरू, नाम र राजधानी तोक्न मतदान हुने (लाइभ)

निजी सवारी साधन र आन्दोलनमा सहभागी हुन आउनेका लागि खुला गरिएपनि सार्वजनिक सवारी भने चल्न पाउने छैनन्। बजार र उद्योग कलकारखाना पनि बन्द रहनेछन्।
‘आन्दोलनमा सहभागी हुन आउनेहरु नै आउन नपाउने भएपछि यातायात क्षेत्र खुकुलो बनाइएको हो

उनले प्रदेश सभा घेराउ कार्यक्रममा सहभागी हुन आउनका लागि आम जनतालाई आह्वान गरे।

याे पनि पढ्नुस  प्रदेश ५ को प्रदेश सभामा कांग्रेस सांसदको कुर्सी फोडाफोड (भिडियो)

बन्दका कारण लुम्बिनी क्षेत्रको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ।

प्रदेश सरकारले प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावका विरुद्ध साबिक लुम्बिनी अञ्चल क्षेत्रमा आन्दोलन जारी छ।

संघर्ष समिति र कांग्रेसले प्रदेश सभा घेराउको कार्यक्रम आयोजना गरेका छन्। प्रदेश सभा घेराउ गरेर सांसदहरुलाई प्रदेश सभा भवन प्रवेशमा रोक्ने उनीहरुले जनाएका छन्। प्रदेश ५ को प्रदेश सभामा सरकारले पेश गरेको प्रस्तावमाथि आज छलफल शुरु हुँदैछ।

याे पनि पढ्नुस  प्रदेश ५ मा पनि नेकपाकै उम्मेदवार विजयी

यसैबीच नेकपाले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठकपछि सर्वदलीय बैठक बोलाइएको छ ।

कमेन्ट गर्नुहोस्