साझा पार्टीको प्रश्न– के सरकारले डा केसीलाई मार्न खोजेको ?

काठमाडौंः २२ दिनदेखि जारी अनशनका कारण डा गोविन्द केसीको स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको र त्यसप्रति सरकारको उदासिनताबारे साझा पार्टी गम्भीर चिन्ता प्रकट गरेको छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गर्दै डा केसीले राखेका कुन माग नाजायज छन् ? भन्नेबारे जनतालाई व्याख्या गर्नुपर्ने नत्र सत्याग्रहीको माग सरकारले पुरा गर्नुपर्ने बताएका छन् ।

डा केसीले २०६९ सालदेखि राख्दै आएका मागहरू राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय रहेको विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  १७औं अनशनका लागि डा. केसी डडेल्धुरामा, कस्ता छन् माग?

‘वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका छन् । यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन । ‘कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्’ भनेझैँ रवैया प्रस्तुत गरिरहेको छ । के सरकारले डा केसीलाई मार्नै खोजेको हो’, विज्ञप्तिमा प्रश्न तेस्र्याइएको छ ।

याे पनि पढ्नुस  डा. केसी काठमाडौं आउन मानेनन्, स्वास्थ्यप्रति चिन्तित भए माग पूरा गर्न आग्रह

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पछिल्लो पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुनः अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ ?’

याे पनि पढ्नुस  ३ बुँदे माग राख्दै डा. केसीले सुरू गरे अनसन

डा केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दबाबमूलक प्रदर्शन गर्दै आएको जनाएको छ । सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेमा साझा पार्टीले सरकारलाई सचेत गरएको छ ।

कमेन्ट गर्नुहोस्