प्रदेश ५ को प्रदेश सभामा कांग्रेस सांसदको कुर्सी फोडाफोड (भिडियो)

काठमाडौंः प्रदेश ५ को प्रदेश सभा बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न सभामुखले समय दिएपछि कांग्रेस सांसदले विरोध गर्दै कुर्सी तोडफोड गरेका हुन् ।

याे पनि पढ्नुस  प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव

कांग्रेसले प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार दोस्रो पटक बसेको बैठकमा पनि विरोध गरिरहेको छ । सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेराउ गरिरहेका छन् ।

प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै

YOU

कमेन्ट गर्नुहोस्