आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप २४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सोमबार देशभर १३ हजार ७८१ वटा नमुना परीक्षण गर्दा २४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

याे पनि पढ्नुस  ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार

सोमबार काठमाडौं उपत्यकामा मात्रै १५३१ जना संक्रमित थपिएका छन् । उपत्यकाको काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित थपिएका छन् ।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११३३ जना निको भएका छन् । योसँगै हालसम्म ६५ हजार २०२ जना निको भएका छन् । सोमबार देशभर सक्रिय संक्रमित संख्या २३ हजार ५०७ छ । २५ हजार सक्रिय संक्रमित संख्या पुगे फेरि लकडाउन गरिने मन्त्रालयले यसअघि नै संकेत गरिसकेको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा ४१ संक्रमित, को कहाँ छन् ?

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

सोमबार ६२ जिल्लामा संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्