नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड

काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै बढी १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ । यसअघि असोज ८ गते बिहीबार १७ जनाको मृत्यु भएको थियो ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १२, सर्लाहीमा दुई र सुनसरी, पर्सा, चितवन, गोरखा तथा नवलपरासी पूर्वमा एक–एक जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृतकहरूको उमेर तीन वर्षदेखि ९१ वर्षसम्म छ । उनीहरूमध्ये पाँच महिला र १४ पुरुष छन् ।

याे पनि पढ्नुस  करेन्ट लागेर दुई जनाको मृत्यु

नेपालमा अहिलेसम्म सङ्क्रितमध्ये ०.६२ प्रतिशतको मृत्यु भएको छ ।

हेर्नुस् सोमबार मृत्यु भएकाहरूको विवरणः

सोमबार नेपालमा थप २४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा सोमबार देशभर १३ हजार ७८१ वटा नमुना परीक्षण गर्दा २४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा खटिएका २ प्रहरीमा कोरोना संक्रमण पुष्टि

सोमबार काठमाडौं उपत्यकामा मात्रै १५३१ जना संक्रमित थपिएका छन् । उपत्यकाको काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित थपिएका छन् ।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११३३ जना निको भएका छन् । योसँगै हालसम्म ६५ हजार २०२ जना निको भएका छन् । सोमबार देशभर सक्रिय संक्रमित संख्या २३ हजार ५०७ छ । २५ हजार सक्रिय संक्रमित संख्या पुगे फेरि लकडाउन गरिने मन्त्रालयले यसअघि नै संकेत गरिसकेको छ ।

याे पनि पढ्नुस  नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार ६२ जिल्लामा संक्रमित थपिएका छन् ।

२४४० संक्रमित थपिए, उपत्यकामा मात्रै १५३१

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्