प्रसुति गृहमा एक महिलाले जन्माइन् ५ शिशु

काठमाडौं : थापाथलीको परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन् ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएकी हुन् ।

पाँचमध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको उनले बताए ।

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट आमा गुमाएमा शिशु अस्पतालबाट डिस्चार्ज

सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृतसहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्