भुवनेश्वर कुमारले आईपीएलका बाँकी खेल गुमाउने

काठमाडौं : सनराइजर्स हैदरबादका तीव्रगतिका बलर भुवनेश्वर कुमार इन्डियन प्रिमियर लिग आइपीएलबाट बाहिरिएका छन्।

एएनआई एजेन्सीका अनुसार कुइनाको चोटका कारण उनले सिजनको बाँकी खेल गुमाउने भएका हुन् । चेन्नई सुपर किंग्सविरुद्धको खेलका क्रममा उनले चोट बोकेका थिए।

टिमले शुक्रबार दुबईमा खेलेको त्यो खेल सीएसकेविरुद्ध जित्यो। तर भुवनेश्वर कुमारले आफ्नो कोटाको अन्तिम ओभर गर्न सकेन।

याे पनि पढ्नुस  आईपीएल : ‘सुपर ओभर’मा कोलकाता विजयी

कुमार बाहिरिनु यो प्रतियोगितामा हैदराबादका लागि दोस्रो ठूलो धक्का हो। यसअघि अलराउण्डर मिचेल मार्स चोटकै कारण टुर्नामेन्टबाट बाहिरिएका थिए। वेष्टइन्डिनका अलराउन्डर जेसन होल्डरलाई मार्शको ठाउँमा टीममा समावेश गरिएको छ।

कमेन्ट गर्नुहोस्