आईपीएल : दिल्लीले दियो आरसीबीलाई १९७ रनको लक्ष्य

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई १ सय ९७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

उसका लागि मार्कस स्टोइनिसले अविजित ५३ रन बनाए । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो ।

याे पनि पढ्नुस  मुम्बईले दियो राजस्थानलाई १९४ रनको लक्ष्य

त्यस्तै, पृथ्वी शाले ४२, ऋषभ पन्तले ३७, शिखर धवनले ३२, कप्तान श्रेयस अय्यर र शिमरोन हेटमायरले ११/११ रन बनाए ।

बलिङमा आरसीबीका मोहम्मद सिराजले २, इशरू उडाना र मोइन अलिले एक/एक विकेट लिए । पहिलो इनिङ्समा आज १८ चौका र ७ छक्का प्रहार भएका छन् ।

याे पनि पढ्नुस  आईपीएल : राजस्थानमाथि मुम्बईको शानदार जित

आरसीबीविरुद्ध पनि सन्दीपले पाएनन् मौका

आरसीबीविरुद्ध पनि दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् ।

आज पनि दिल्लीले विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, शिमरोन हेटमायर, कागिसो रबाडा र एनरिक नोर्कियाले मौका दिएको छ ।

स्पिनर अमित मिश्रा घाइते भएकाले आज सन्दीपले मौका पाउने अनुमान गरिए पनि दिल्लीले उनलाई प्लेइङ-११ मा समेटेन । योसहित जारी सिजनमा सन्दीपले लगातार पाँचौ पटक प्लेइङ-११ मा मौका नपाएका हुन् ।

कमेन्ट गर्नुहोस्